
दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ जीप भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँ र त्यही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभएको छ ।
अन्य दुई जनाको पहिचान हुन बाँकी छ । अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताउनुभयो । गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ ।
गाडीमा सवार अन्य पाँच जना घाइते छन् । उनीहरुको भारतमै उपचार भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा