
काठमाडौँ । नेवाः समुदायले आफुहरु सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेको छ ।
सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी भएका गतिविधि स्वीकार्य नहुने नेवा ः समुदायले उल्लेख गरेको छ ।
नेवाः समुदायका अगुवाहरूले आज एक विज्ञप्ति जारी गर्दै आफूहरू गणतन्त्रको पक्षमा रहेको बताएका छन् । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई दमन गरेको उल्लेख गरेका छन् ।
“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले मुलुकको यस विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिकरुपमा दमन गरेको सर्वविदितै छ”, काठमाडौँको नेवाः समुदायका अगुवाहरु मल्ल के सुन्दर, हितकर वीर सिंह कंसाकार र प्रा डा नरेशमान बज्राचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध नेवाः समुदाय लगायत सम्पूर्ण उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित तथा महिला समुदायको सहभागितामा २०६२÷६३ सालमा भएको दोस्रो जनआन्दोलनले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतान्त्रिक व्यवस्था बहाली गरेको विज्ञप्तिमा उल्लेख छ । नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर हालैका केही समयदेखि सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग राखी प्रतिगामी शक्ति चलमलाउन थालेको पाइएकाले त्यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
त्यस्ता गतिविधि नियन्त्रण गर्न र सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समाज निर्माणको राष्ट्रिय सङ्कल्पलाई पूरा गरी नेवाः लगायत आमजनताका असन्तोषलाई इमान्दारीपूर्वक सम्बोधन गर्न सरकार तथा राजनीतिक दलहरूलाई नेवाः समुदायले अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा