
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं राजा ल्याउने आन्दोलनको ‘कमान्डर’ बनेका छन् । विगतमा केही समय नेकपा माओवादीमा सक्रिय भएर पछि नेकपा एमालेका केन्द्रीय सदस्य समेत बनेका प्रसाईं निर्मल निवासमा छिरेपछि राजा ल्याउने आन्दोलनको ‘कमान्डर’ बनेका हुन् ।
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार गर्न लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो।
चाबहीलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी गराएका हुन् । राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौँमा प्रदर्शन गर्दैछन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा