
काठमाडौँ । प्रतिनिधिसभा बैठक २ बजेको लागि सारिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा शुरु हुन नसकेपछि दिउँसो २ बजेको लागि सारिएको हो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आज दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको हो ।
‘प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक आजै दिउँसो २ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा सांसदहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ पाण्डेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा