
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले क्यान्सरको निःशुल्क परीक्षण अभियान शुरु गरेको छ ।
महानगरले मंगलबारदेखि प्रजनन उमेरका महिलाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान शुरु गरेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान शुरु गरिएको हो । महानगरले गत वर्ष पनि यस्तै अभियान सञ्चालन गरेको थियो ।
गत वर्ष परीक्षण छुट भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिनुभयो । परीक्षण गराउन महानगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनुपर्ने र केन्द्रबाट दिएको ‘रेफरल स्लिप’ लिएर परीक्षण गराउन सकिने उहाँँले बताउनुभयो ।
अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डङ्गोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सबै नागरिकका लागि निःशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो ।
स्तन क्यान्सरको परीक्षण गर्दा प्रारम्भिक जाँचका क्रममा शङ्कास्पद देखिएमा अल्ट्रासाउन्ड गरिने र यसपछि मेमोग्राफीका लागि पठाइने त्यस अवसरमा जानकारी दिइयो । पाठेघर मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० वर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण गरिनेछ ।
यसबाट पोजेटिभ रिपोर्ट आए कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा