
काठमाडौँ । युक्रेन युद्धको सवालमा अमेरिका–रुस वार्ता जारी रहने भएको छ । एक रुसी वार्ताकारले मङ्गलबार मस्कोले युक्रेन द्वन्द्व विषयमा संयुक्त राज्य अमेरिकासँग ‘उपयोगी’ वार्ता जारी राख्ने र संयुक्त राष्ट्रसङ्घ तथा अन्य देशलाई समेत संलग्न गराउने लक्ष्य राख्ने बताएका छन् ।
‘हामीले सबै कुराबारे कुरा गर्यौँ, यो एक तीव्र संवाद थियो, सजिलो थिएन, तर हामी र अमेरिकीहरूका लागि धेरै उपयोगी थियो, सरकारी समाचार संस्था तासलाई ग्रिगोरी करासिनले ‘धेरै समस्या छलफल गरिएको छ’ भन्दै बताउनुभयो ।
‘निश्चय नै हामी सबै कुरा समाधान गर्नबाट टाढा छौँ, सबै बुँदामा सहमत हुनबाट टाढा छौँ, तर लाग्छ कि यस प्रकारको छलफल धेरै समयोचित छ’ उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय समुदायलाई समावेश गर्दै, मुख्य रूपमा संयुक्त राष्ट्र र केही देशहरूलाई समावेश गर्दै हामी यसलाई जारी राख्नेछौँ ।’
साउदी अरबको एक विलासी होटलमा अमेरिकी र रुसी टोलीले १२ घण्टा वार्ता गरेको एक दिनपछि उहाँले यस्तो बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षको युद्धको द्रुत अन्त्यका लागि दबाब दिइरहनुभएको छ र साउदी राजधानीमा पछिल्लो चरणको वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा गर्नुभएको छ ।
यसअघि तासले एक स्रोतलाई उद्धृत गर्दै वार्ताको संयुक्त वक्तव्य मङ्गलबार प्रकाशित हुने बताएको थियो ।
सुस्पिलेन समाचारलाई एक स्रोतले बताएअनुसार युक्रेनी वार्ता टोली अर्को दिनसम्म रियादमा बस्नेछ र अमेरिकी प्रतिनिधिहरूसँग भेट गर्नेछ । अर्को स्रोतले एएफपीलाई दोस्रो भेट हुने सम्भावना बताएको छ – जुन प्रगति भएको सङ्केत हो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा