
पर्सा । वीरगञ्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरको आयोजनामा चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिनुभयो । ‘यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ’ उहाँले भन्नुभयो ।
यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायत सरसामानका स्टल राखिने छन् ।
ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा रात्रि बजार सञ्चालन गरिने महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा