
काठमाडौँ । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । न्यूयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज कार्यक्रम हुँदैछ ।
सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
विशेषगरी अफ्रिकी मुलुकबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिका लगायत विकसित राष्ट्रले मानिसलाई दासका रूपमा काममा लगाएकाले त्यसको उन्मूलनका निम्ति उक्त ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका ती श्रमिकको सम्मान एवं सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
त्यो ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण, प्रयोग वा दासका रूपमा व्यवहार गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । संसारभरिका श्रमिकलाई ससम्मान पारिश्रमिकसहित काममा लगाउनुपर्नेमा यो दिवसले जोड दिएको छ ।
न्यूयोर्कस्थित राष्ट्रसङ्घीय प्रधान कार्यालयमा आज कार्यक्रम हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा