
काठमाडौँ । फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।
फ्रान्स र चीनले हालैका वर्षमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन्, तर पेरिसले युक्रेनको आक्रमणपछि बलियो भएको देखिएको बैइजिङ र मस्कोबीचको सम्बन्धलाई प्रगाढ नबनाउन बेइजिङलाई दबाब दिएको छ ।
फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नुहुनेछ ।
विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो– ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल बन्दै गएको छ, अस्थिरता र अनिश्चिततामा उल्लेखनीय वृद्धि भएको छ।’ बेइजिङले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने उहाँले बताउनुभयो ।
जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– ‘उनीहरूले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्नेछन्।’
गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेको वाङले बताउनुभएको थियो ।
चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ । चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको छैन । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा