
मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तरराष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ ।
विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरहनुभएको छ । हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिनुभयो ।
मण्डला थिएटरका निर्देशक सोमनाथ खनालको सक्रियतामा आयोजना भएको सो महोत्सवमा छ वटा नाटक मञ्चन हुने बताइएको छ । स्थानीय कलाकर्मीको पहिचानसहित नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको यस किसिमको नाट्य महोत्सव चितवन र पोखरामा पनि भइरहेको आयोजक पक्षले जनाएको छ ।
बेलबारी प्राज्ञ प्रतिष्ठानका सचिव कुलप्रसाद बरालका अनुसार महोत्सवमा नाटक मञ्चनसहित सांस्कृतिक झाँकी, कार्यशाला, अन्तक्र्रियालगायतका प्राज्ञिक गतिविधि सञ्चालन हुनेछ ।
पहिलो दिन आइतबार जीवन बराल र विकास बुढाथोकीको निर्देशनमा रहेको ‘स्कुल’ नाटक र भारतीय टोलीले तयार गरेको नाटक ‘एबोरिजिनल क्राई’ मञ्चन भएको छ । यस नाटकले भारतस्थित मणिपुरको प्रभावित क्षेत्रका विस्थापित मानिस र तिनको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ ।
मण्डल थिएटरका निर्देशक सोमनाथ खनालले नेपालको पूर्वी क्षेत्रको बेलबारीमा पहिलोपटक शुरु भएको महोत्वसले स्थानीय कलाकार तथा नाट्यकर्मीको उजागर गर्न र समग्र नाट्यकला क्षेत्रको विश्वास र प्रवद्र्धनमा सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा