
इलाम । इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ ।
वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको त्यस क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।
साना सिँचाइ कार्यक्रमअन्तर्गत ४१ लाख ९४ हजार रुपैयाँको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् । स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नम्बर १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिनुभयो । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार एको छ ।
आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन थालेपछि भिरगाउँका किसान खुशी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताउनुभयो । स्वीडेन सरकारको १२ लाख ५८ हजार, सङ्घीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजारका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजार रुपैयाँको साझेदारीमा आयोजना पुनर्निर्माण गरिएको हो ।
आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको त्यस क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताउनुभयो । ‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ’ सचिव समालले भन्नुभयो– ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।’
स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएकको बताउनुहुन्छ । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ ।
इलाममा रन्जित, राधा ४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा