
रामेछाप । रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।
अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो ।
शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, तथा पशु सेवा, मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भएको थियो । चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागार्इँले बताउनुभयो ।
रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सधै केन्द्र र प्रदेशमार्फत आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बताउनुभयो ।
उपप्रमुख बाला कार्कीले वर्तमान सरकार सङ्घ, प्रदेश र स्थानीय भएर बनेकाले स्थानीय सरकारले असाध्यै साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको अपेक्षाकृत ढङ्गबाट विकास हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा अधिकांश स्थानीयले नगरले गरेका गतिविधि छिटो छरितो नगरेको , विकास निर्माणका काम गर्दा उत्तिकै विनास निम्तिएको र यसअघि भएका सार्वजनिक सुनवाइमा गरिएका प्रतिवद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा