
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौती र नेपाली कांग्रेसको भूमिका’ का विषयक अन्तरक्रिया कार्यक्रममा नेता डा कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताउनुभयो । उहाँले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।
‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो’ नेता डा कोइरालाले भन्नुभयो । उहाँले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशालाई हटाउन जरुरी भएको धारणा राख्नुभयो ।
नेता डा कोइरालाले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको बताउनुभयो । जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उहाँले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गर्नुभएको छ।
‘नेपाली कांग्रेस जनताको पार्टी हो । नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छ । तर, हामी सुध्रिनुप¥यो । जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्यो । त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ’ नेता डा कोइरालाले भन्नुभयो । कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा