
काठमाडौँ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनको ऊर्जा लक्ष्यमा आक्रमण नगर्न दिएको आदेश अझै कायमै रहेको बताएको छ ।
युरोपलाई इन्धन आपुर्तिका लागि बनेको युक्रेनसँगको सीमा नजिकै रहेको रुसको एउटा ऊर्जा केन्द्रमा आक्रामण भएपछि यसका लागि मस्को र किएभ दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो– ‘जेलेन्स्कीको वचन र किएभ शासनका अन्य प्रतिनिधिहरूको वचनलाई हामी कत्तिको विश्वास गर्न सक्छौं भन्ने कुरा सबैले देख्न सक्छन्।’
‘सर्वोच्च कमान्डर इन चिफ (पुटिन) को आदेश जारी छ र रुसी सशस्त्र बलले ऊर्जा सुविधाहमा आक्रमण गर्ने अनुमति छैन’ पुटिनलाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तापछि पुटिनले मङ्गलबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी हुने आक्रमणमा ३० दिनका लागि रोक लगाउनुभएको छ ।
मस्कोले अहिले पनि ऊर्जा सुविधामा आक्रमण जारी राखेको र पुटिनका शब्दको बावजुद केही पनि परिवर्तन नभएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
दुवै देशका प्रतिनिधिमण्डलले सोमबार साउदी अरबमा अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ट्रम्पले तीन वर्षदेखि जारी युद्धलाई स्थायीरूपमा अन्त्य गर्न सकिने बताउँदै आउनुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा