
दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो । लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९, कमल परियारले १७ तथा कप्तान बिपिन खत्रीले १५ रन बनाए ।
बलिङतर्फ आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए ।
एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए । योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अङ्क जोडेको छ ।
आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ । यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा