
सुनसरी । दिवङ्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा रामधुनी नगरपालिका–१ मा प्रतिष्ठान निर्माण हुने भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्लेले आज यहाँ ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ को शाखा निर्माणका लागि भवन शिलान्यास गर्नुभयो ।
यहाँ प्रतिष्ठान निर्माण गर्न शहरी विकास मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यो बजेट बोलपत्र प्रक्रियामार्फत सीता रामधुनी कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का लिएको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुन प्रतिष्ठानको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । केन्द्रीय प्रतिष्ठानको शाखाका रूपमा रामधुनीमा भवन निर्माण थालिएको हो । मुलुकका सातै प्रदेशमा शाखा विस्तार गर्ने लक्ष्यसहित कोशीको शाखाका रूपमा सुनसरी जिल्ला छनोट गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमारी चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यसको केन्द्रीय कार्यालय काठमाडौँसिथ्त बूढानीलकण्ठमा छ । त्यसबाहेक धनुषा, नुवाकोट, दाङ, तनहुँ, सुर्खेत र कैलालीमा पनि शाखा छन् । कोशी प्रदेशको शाखाका रूपमा सुनसरीमा भवन निर्माण हुन्दैछ ।’ प्रदेश शाखाको अध्यक्ष तत्कालीन संविधानसभाका सदस्य एवं पार्टी प्रदेश कमिटी सदस्य सन्तोष थारू हुनुहुन्छ ।
तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष रहनुभएका दिवङ्गत नेता बोगटी नुवाकोटका स्थायी बासिन्दा हुनुहुन्थ्यो । नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै माओवादीभित्र र बाहिरसमेत उहाँको लोकप्रियता थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोटबाट निर्वाचित उहाँ ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियो ।
विसं २०७१ भदौ ३० गते ६१ वर्षको उमेरमा बोगटीको हृदयघातका कारण निधन भएको थियो । प्रतिष्ठानले सामाजिक, परोपकारी, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुदलगायत समाजसेवाका विविध क्षेत्रमा काम गर्दै आएको केन्द्रीय सदस्य चौधरीले बताउनुभयो ।
भवन निर्माणपछि सुनसरीमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा