
दाङ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो ।
दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।
मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा