
बर्दिया । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो ।
विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इञ्जिनियर युवराज तिमिल्सिनाले बताउनुभयो । हाल करिब आठ मिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उहाँले पहिलो (सिङ्गल) कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने जानकारी दिनुभयो ।
इञ्जिनियर तिमिल्सिनाका अनुसार चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनीले २ अर्ब ७८ करोड २९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताउनुभयो ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव छ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब ३ किमी डबल कालोपत्र गर्न बाँकी छ ।
निर्माण कम्पनीले तीव्र गतिमा कार्य गरिरहेकाले सम्झौताअनुसार तोकिएको समयभन्दा अघि पूर्ण रूपमा कालोपत्र हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा