
काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादी नेताहरुको संलग्नता रहेको दाबी गर्नुभएको छ ।
प्रहरीले सोमबार राति ना १ ख १६५२ नम्बरको ट्रकमा टोखाबाट रसुवातर्फ लैजान लागेको अवस्थामा २५ करोड रुपैयाँ भन्दा बढीको अमेरिकी डलर र यूरो बरामद गरेको थियो । प्रसाईँले त्यो पैसा तस्करीमा माओवादी नेताहरुको संलग्नता रहेको दाबी गर्नुभएको हो ।
प्रसाईँले बुधवार पत्रकार सम्मेलन गर्दै. यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा माओवादीका ठूला नेताको संलग्नता रहेको दाबी गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको टिप्पणी गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा