
बागलुङ । बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुन लागेको हो । जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो । बडिगाड गाउँपालिकाको पहलमा सङ्घीय सरकारको ३ करोड ६३ लाख रुपैयामा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो ।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधा सम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताउनुभयो । ६ वर्षअघि स्थानीयले चन्दा सङ्कलन गरी १५ लाख रुपैयाँ लागतमा पाँच रोपनी जग्गा खरिद गरेपछि भवन निर्माणको पहल थालिएको थियो ।
इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताउनुभयो ।३ करोड ६३ लाख रुपैयाँ लागतमा सुनामी÷एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा