
काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । प्रहरी महानिरीक्षकको जिम्मेवारी समालेसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रहरी महानिरीक्षकदमा पदोन्नति हुनभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको हो । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको त्यस अवसरमा उपस्थिति थियो ।
महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालय परिसरमा निमको बिरुवा रोप्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा