
काठमाडौँ । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित चार्टर उडान थालेको छ । सिचुआन एयरलाइन्स पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार अवतरण गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार छेन्दुबाट आएको यो जहाजबाट १ सय २८ यात्रु पोखरा ओर्लिएका छन् । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जानेछन् ।
पोखरामा यसअघि प्रवद्र्धनात्मक चार्टर उडान भए पनि नियमित उडान हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएको छ ।
सिचुआन एयरलाइन्सको उडानसँगै पोखरा घुमफिरमा आउन चाहने चिनियाँ पर्यटकले अब काठमाडौं ओर्लनुपर्ने बाध्यता हट्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा