
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रतिगामीहरुको योजनालाई विफल पार्ने निर्णय गरेको छ । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिबारे गम्भीर रुपमा छलफल भएको बताउनुभयो ।
एमाले सचिवालयको सोमबारको बैठकले विशेष प्रस्ताव पारित गर्दै मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको हो ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले दोस्रो जनआन्दालनबाट प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । एमालेले त्यस्ता गतिविधिको सशक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिबारे गम्भीर रुपमा छलफल भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा