
काठमाडौँ । पूर्वपञ्चहरुले राजा बोक्ने समिति बनाएका छन् । पञ्चहरुले ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा राजावादी समिति गठन गरेका हुन् ।
समितिमा पञ्च छविका पूर्वमन्त्रीहरु कमल थापा, पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र राजेन्द्र लिङ्देनलाई सदस्य राखिएको छ । समितिमा विगतमा पत्रकारिता क्षेत्रबाट समाजमा चिनाएका रविन्द्र मिश्र सदस्यसचिव र रमा सिंहलाई सदस्य बनाइएको छ । राजा बोक्ने समितिको सदस्यमा दुर्गा प्रसाई, अस्मिता भण्डारी र हरिबहादुर बस्नेत समेत छन् ।
समितिमा पंचायतकालमा रंगशलामा भएको दुखद् घटनाका कारण तत्कालीज अवस्थामा नैतिकताको आधारमा खेलकुद मन्त्रीबाट राजीनामा दिएर चर्चामा आएका केशरबहादुर विष्टलाई समेत सदस्य बनाइएको छ । यद्यपि विष्टले आफू समितिमा नबस्ने बताएको प्रसाईले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा