
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आवश्यकताअनुसार संविधान संशोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले देशलाई अगाडि बढाउन संविधान कार्यान्वयनको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संविधानको कार्यान्वयनबाट जनतालाई के कति उपलब्धि दिन सक्यौँ ? सही ढङ्गले जनताको हितमा प्रयोग गर्न सकेका छौँ वा छैनौँ भनेर गम्भीर समीक्षा गरौँ ।’
सांसद सिटौलाले राज्य सञ्चालनमा त्रुटि वा संविधानमा कमजोरी छ भने संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनताको हितका लागि छ भने संविधान संशोधन गर्नुपर्छ । संविधानमा सुनिश्चित गरिएका हक प्रचलनमा ल्याउन सक्यौँ वा सकेनौँ त्यसको समीक्षा आवश्यक छ ।’
द्वन्द्वपीडितलाई न्याय दिने काम छिटो टुङ्याउनुपर्ने सांसद सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘छिटो न्याय दिन आवश्यक छ । हामी सँगै लड्यौँ, मिल्यौँ, परिवर्तन र संविधान ल्यायौँ । अब मिलेर समस्या समाधान गर्नुपर्छ ।’
परिवर्तनकारी राजनीतिक दलमा जुन दृढता देखिनुपर्ने त्यो नदेखिएको उल्लेख गर्दै उहाँले सबै एकतावद्ध भएर उभिने बेला आएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा