
बागलुङ । चालु आर्थिक वर्षमा बागलुङका ७ सडकमा कालोपत्र शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो ।
यसवर्ष मालढुङ्गा–पाक्जा, बुर्तिबाङ–तमानखोला, मजुवा–नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा–बरेङ पहिलो खण्ड, गल्कोट– हरिचौर–हिल–म्याग्दी र कुश्मिशेरा–बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिनुभयो । यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बुर्तिबाङ–तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले १२ करोड ७४ लाख रुपैयाँमा सम्झौता गरिसकेको छ । आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिनुभयो । अहिले त्यो सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उहाँको भनाइ छ ।
कुश्मिशेरा–बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ । एमएस÷क्याराभान कन्स्ट्रक्सन जेभीले २४ करोड ५८ लाख ५७ हजार ८ सय १७ रुपैयाँमा जिम्मा पाएको थियो । विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताउनुहुन्छ ।
त्यस्तै गल्कोट–हरिचौर–हिलहुँदै म्याग्दी जोड्ने सडक पनि यसवर्ष कालोपत्र हुँदैछ । कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स÷खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिनुभयो । विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको त्यो सडक चैत २९ गते सकिनुपर्ने छ ।
कुश्मिशेरा–बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ । एम÷ एनएस÷आरबी जेभीले ११ करोड ४९ लाख रुपैयाँमा जिम्मा पाएको छ । गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिनुभयो ।
गलकोटस्थित मजुवा–नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उहाँको भनाइ छ । यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि दुई करोड १३ लाख रुपैयाँमा सम्झौता भएको रिगलले जानकारी दिनुभयो । गत जेठ १८ गते सम्झौता भएको त्यो सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उहाँ बताउनुहुन्छ ।
जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ । करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी÷एसी जेभीले ३ करोड २० लाख रुपैयाँमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उहाँले बताउनुभयो ।
बागलुङ नगरपालिकाअन्तर्गत मालढुङ्गा–पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ । जसका लागि ४० लाख रुपैयाँमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा