
काठमाडौँ । अमेरिकी विमान अवतरण क्रममा आगलागी हुँदा १२ जना घाइते भएका छन् । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ ।
विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको तर १२ जनालाई सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ ।
सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको श्रव्यदृष्यमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपतकालीन सेवा आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ। कोलोराडोबाट डलास–फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ ।
एफएएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवतरण पछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृङ्खलाबद्ध घटनापछि सुरक्षाको बारेमा चिन्ता व्यक्त भइरहेका बेला पछिल्लो घटना भएको हो।
एफएएले पछिल्लो घटनाको अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा