
महोत्तरी । मटिहानी–६ मा ५ शय्याको प्रसूतिगृह निर्माण गरिएको छ । ग्रामीण बस्ती मटिहानीमा प्रसूतिगृह निर्माणले यहाँ सहज स्वास्थ्य सेवा उपलब्ध हुने भरोसा जागेको छ ।
सुत्केरी गराउन टाढाका अस्पताल जानुपर्ने तथा आर्थिक अभावले अब उपचारबाट वञ्चित हुनु नपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको आर्थिक स्रोतबाट करिब दुई करोड रुपैयाँको लागतमा प्रसूतिगृह निर्माण गरिएको हो ।
‘आव प्रसूतिलेल बेसी दौडधूप नइ कर परत, अइस प्रसूति बेरके दिकत घटत से विश्वास जागल अइ (अब सुत्केरी गराउन कहाँ लैजाने भन्ने दौडधुप गर्नु पर्दैन, यसले सुत्केरी गराउने बेलाको अप्ठ्यारो हट्ने विश्वास छ)’ मटिहानी–५ की सुनकेसी चौधरी भन्नुहुन्छ ।
प्रसूतिगृह निर्माणसम्पन्न भएसँगै अब चाँडै सेवा सञ्चालनको प्रबन्ध मिलाइने नगरप्रमुख मण्डलको भनाइ छ । प्रसूतिगृहबाट नगरपालिकाका नौवटै वडा, बस्ती, छिमेकका अन्य बस्ती तथा सूतिगृहबाट नजिकै रहेको भारतीय बस्तीका गरिबले सेवा लिन पाउने उपप्रमुख मञ्जुदेवी साहले बताउनुभयो ।
यसअघि जलेश्वर अस्पताल र जनकपुरका अस्पताल धाउनुपर्ने अवस्था थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा