
काठमाडौँ । लद्दाखको कारगिल क्षेत्रमा शुक्रबार बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको झड्का जम्मु कश्मिर क्षेत्रमा पनि महसुस भएको थियो । मानिसहरु मस्त सुतिरहेका बेला भूकम्पको झड्का महसुस भएको थियो । उनीहरु आत्तिँदै घर बाहिर निस्किएका थिए । भारतीय मिडियाहरुका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर केही कमजोर पर्खाल र घरहरु भत्किएका छन् ।
भारतका भूगर्भविदहरुले विगतका भूकम्प, भूकम्पीय गतिविधि र टेक्टोनिक संरचनाको आधारमा भूकम्प सम्भावित क्षेत्र पहिचान गरी भारतलाई चार क्षेत्रमा विभाजन गरेका छन् । बढी जोखिमदेखि कम जोखिमलाई जनाउने गरी क्रमशः पाँचौं, चौथो, तेस्रो र दोस्रो भागमा विभाजन गरिएको हो । यसरी पाँचौं जोनलाई सबैभन्दा बढी जोखिम र दोस्रो जोनलाई सबैभन्दा कम जोखिमयुक्त क्षेत्र भनेर बुझिन्छ । लद्दाख भूकम्पीय क्षेत्र चौथोमा पर्दछ ।
टेक्टोनिक रुपमा सक्रिय हिमालय क्षेत्रमा भएकाले लद्दाख क्षेत्रमा भूकम्प बेलाबेला आइरन्छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा