
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ मा स्कर्पियो दुर्घटनामा परेको छ । सुवर्णस्वरबाट गुण्डुतर्फ जादै गरेको स्कर्पियो तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडबाटोमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो । त्यसक्रममा गाडीमा सवार ८ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा भक्तपुर कटुञ्जे बस्ने सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेका छन् ।
गाडी अनियन्त्रित भएका बेला विपरित दिशाबाट आइरहेको मोटरसाइकल समेत पल्टिएको सीसीटीभी फुटेजमा देखिन्छ । डीएसपी न्यौपानेका अनुसार, प्रारम्भिक जाँचमा गाडी अनियन्त्रित भएको देखेपछि आफूलाई बचाउन मोटरसाइकल चालक मोटरसाइकल छोडेर भागेका थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा