
झापा । मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् ।
वडा नम्बर ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । ‘बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो’ उहाँले भन्नुभयो– ‘हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।’ उहाँले पहिला पहिला मान्छे देख्ने बित्तिकै भाग्ने बाँदर अचेल महिला केटाकेटी मात्र देखे भने झम्टिएर आउने गरेको बताउनुभयो ।
बारीमा लगाएको मकै, गहुँ, केरा, सुपारीलगायत मौसमी अन्नबाली र फलफूल सबैमा बाँदरले क्षति गर्दै आएको स्थानीय कुसुम गौतमले बताउनुभयो । स्थानीय क्षेत्रको चिया बगान, सामुदायिक वन र बाँसघारीलाई बासस्थान बनाएर बसेका बाँदर नखेद्ने हो भने बाँहुनडाँगीवासीले गाउँ छाडेर हिँड्नुको विकल्प नभएको उहाँको भनाइ छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले पाँच वर्षदेखि बाहुनडाँगी क्षेत्रमा बाँदरले दुःख दिँदै आएको बताउनुभयो । उहाँले हाल बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्कभन्दा बाँदर आतङ्क बढी भएको बताउनुभयो । ‘हात्तीले त खेतबारीको अन्नबाली मात्र खाइदिन्थ्यो’ उहाँले भन्नुभयो– ‘बाँदरले त चुलोमा पकाएर राखेको भात नै खाइदिँदोरहेछ, यसको नियन्त्रणबारे छलफल भइरहेको छ विधि पत्ता लगाउन सकेका छैनौँ ।’
उहाँले किसानलाई थोरै भए पनि राहत उपलब्ध गराउने उद्देश्यले वन्यजन्तुबाट अन्नबालीमा पुर्याएको क्षतिको वडामा परेका निवेदनका आधारमा राहत दिँदै आएको बताउनुभयो ।
उहाँले किसानलाई राहत दिने उद्देश्यले नै निकट भविष्यमै बाहुनडाँगीवासीका सबै प्रकारका कृषि बालीमा बिमा गरिदिने सोच राखेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा