
म्याग्दी । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१ र ८२ मा १ सय ५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ ।
गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड रुपैया विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ । कूल ४७ करोड २९ लाख ५८ हजार रुपैयाँ विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको छ ।
सङ्घीय विशेष अनुदान करोड १० लाख रुपैयाँ भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, सङ्घीय समपूरक ७० लाख रुपैयाँको लुलाङ–गुर्जा सडक, प्रदेश समपूरक रु एक करोडको मुदी वडा कार्यालय र सङ्घीय विशेष अनुदान १ करोड रुपैयाँको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ ।
गत वर्ष ३ करोड ८० लाख रुपैयामा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५ सय मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा