
काठमाडौँ । युगान्डामा जारी चार देशीय महिला टी २० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो।
टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो। नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन बनाए। रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सम्झना कुमारी खड्काले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट भइन्। कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले २ रन मात्रै जोड्न सकिन्।
रोमा थापा १ रन र रचना कुमारी चौधरी शून्य रनमा आउट भए। रिया शर्मा ४ तथा इश्वरी बिष्ट ३ रनमा अविजित रहिन्।
युगान्डाकालागि जनेट मबाबाजीले ३ तथा सारा वलाजाले २ विकेट लिए।
अब नेपालले फागुन २६ गते हङकङ, फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ।
लिग चरणका खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनलमा भिड्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा