
बागमती । हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ ।
पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो । ‘अफ्रिकन स्वाइन फिवरबाट धमाधम बङ्गुर मर्न थालेपछि हामीले सरसफाइसँगै नियन्त्रण अभियान चलायौँ’ पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा ब्रजकिशोर ठाकुरले भन्नुभयो– ‘अहिले अब फिवर नियन्त्रणमा आइसकेको छ ।’
गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाएको छ । कार्यालयले माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको पिपीआर खोप कार्यक्रमअन्तर्गत तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा ठाकुरले बताउनुभयो ।
भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । पशुपालनतर्फ बाख्रा पाल्ने किसानको सङ्ख्या बढ्नुका साथै भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा विजय पौडलका अनुसार हेटौँडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । खोप कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, १२ र १५ तथा मनहरी गाउँपालिका–६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्धको खोप लगाइएको जनाएको छ ।
पशुहरूको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्धको अभियान चलाइएको पशु चिकित्सक डा पौडैलले बताउनुभयो । यस्तै, जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा