
मोरङ। नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्ष केपी शर्मा ओली पक्षलाई पराजित गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ ।
जिल्ला नेतृत्वका लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए । भण्डारी प्यानलबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो ।
अध्यक्षमा राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो । राईले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गर्नुभयो । थापा भण्डारी पक्षको प्यानलमा हुनुहुन्थ्यो भने भूजेल ओली प्यानमा ।
सचिवमा ४ सय ६२ मत प्राप्तसहित सोमराज थापा निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गर्नुभयो । उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित हुनुभएको छ । वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गर्नुभयो ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा