
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालय र रेक्टर कार्यालय तोडफोड भएको छ । रेक्टर र डिन कार्यालय शुक्रबार तोडफोड भएको हो ।
‘कार्यकक्षमा तोडफोड भएको छ, कुर्सी उल्टोपाल्टो भएको छ’ डिन प्रा डा शंकर खनालले भन्नुभयो– ‘कागजात छरप्रपट पारिएको छ । सिसा फुटाइएको छ ।’
विद्यार्थीहरुले डिन खनाल कार्यकक्षमा नभएको बेला त्यहाँ तोडफोड गरेका हुन् । ‘म कार्यालय जाँदै थिए । बाटोमा हुदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराउनु भयो’ उहाँले भन्नुभयो – कार्यालय पुग्दा तोडफोड भइसकेको थियो । कसले फोरेको हो ? त्यो एकीन भएको छैन ।’
डिन खनालका अनुसार फिजिक्सका विद्यार्थीले हिजो कार्यकक्षमा आएर परीक्षा सार्न भनेका थिए । खनालले तिनै विद्यार्थीले तोडफोड गरेका हुन् वा अरु कसैले, त्यो समेत थाहा नभएको उल्लेख गर्नुभयो
‘उनीहरूले गरेको हो होइन त्यो थाहा छैन । तर हिजो विद्यार्थी आउनु भएको थियो । परीक्षा सर्नुपर्यो भन्नु भएको हो’ उहाँले भन्नुभयो– मैले उहाँहरुलाई क्यालेन्डर बिग्रन्छ । स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर जानु भएको हो ।’
डिन खनालले तोडफोडको अवस्था हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने बताउनुभयो । ‘तोडफोड विद्यार्थीले गरेजस्तो लाग्दैन’ उहाँले भन्नुभयो – विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो ।’
यसअघि आजै त्रिविका शिक्षाध्यक्ष (रेक्टर) प्रा. डा खड्क केसीको कार्यकक्षमा पनि त्यही समूहले तोडफोड गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा