
काठमाडौंँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख सल्लाहकार आफूले मंसिर २० गते नै पदबाट राजीनामा दिएको तर अहिलेसम्म स्वीकृत भने नभएको जानकारी दिनुभएको छ । ‘प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मैले राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति भएको खबर आइसकेको छैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार राजीनामा दिनुको कारण भने खुलाउन चाहनु भएन । ‘राजीनामा स्वीकृत भएपछि यसको कारण सार्वजनिक गरौंला’ उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्रका नेता गजुरेलले गत वर्ष मंसिरमा भएको निर्वाचनमा सिन्धुलीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहनु भएको थियो । तर उहाँले टिकट पाउनु भएन । प्रतिनिधिसभा सदस्यको टिकट नपाएर पार्टी नेतृत्वसँग असन्तुष्ट बन्नुभएका गजुरेललाई प्रधानमन्त्री दाहालले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयमा पछिल्लो समय छोरी गंगाको हैकम चल्न थालेपछि गजुरेलले प्रमुख सल्लाहकारबाट राजीनाना दिनुभएको स्रोतले बताएको छ । यद्यपि गजुरेलले भने यसबारे केही प्रतिक्रिया जनाउनुभएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने