
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले आज न्युजिल्यान्डसँग खेल्दै छ । ८ वर्ष पछि एक अर्काविरुद्ध मैदान उत्रन लागेका दुवै देशका युवा टोली आ-आफ्नो पक्षमा जित दर्ता गर्ने दाउमा छन् । जिल्यान्डविरुद्ध नेपाली युवाहरूको अपराजित इतिहास छ । आजको खेलमा नेपाल आफ्नो इतिहास कायमै राख्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड बदला लिने रणनीति साथ मैदान आउने छ ।
एसिया छनोटको च्याम्पियन नेपाल र पूर्वी एसिया प्यासिफिक छनोटको विजेताका रुपमा विश्वकप पुगेको न्यूजिल्यान्ड फेरी एक पटक रोमाञ्चक इन्काउन्टरका लागि आमनेसामने हुँदै छन् । नेपाल देव खनाको कप्तानीमा मैदान उत्रँदा न्युजिल्यान्डको कमान्ड ओस्कर ज्याक्सनले सम्हाल्नेछन् । उमेर समूहमा नेपालले न्युजिल्यान्ड सँग हालसम्म कुनै खेल गुमाएको छैन । दुई टोली हालसम्म २ पटक एक अर्काविरुद्ध मैदान उत्रँदा दुवै खेल नेपालले जितेको छ ।
२००६ को विश्वकपमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले पराजित गर्दा २०१६ को विश्वकपमा नेपाल ३२ रनले विजयी भएको थियो । २०१६ विश्वकपमा सहभागी रचिन रवीन्द्र, ग्लेन फिलिप्स र फिन एलन न्युजिल्यान्ड टिमका प्रमुख खेलाडी बनिसकेका छन् । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल लगायत खेलाडीले नेपालको सिनियर टोलीको प्रतिनिधित्व गरिरहेका छन् ।
यस पटक पनि नेपाल न्युजिल्यान्डलाई पराजित गर्दै कीर्तिमान विस्तार गर्ने योजनामा हुने छ । सिनियर टोलीबाट खेलिसकेका देव खनाल र गुलशन झा राम्रो सुरुवात गर्ने र आक्रामक फिनिसिङ गर्ने योजना छन् । अर्जुन कुमाल नेपालको इनिङ्स सम्हाल्ने एक भरपर्दा खेलाडी हुन् । दक्षिण अफ्रिकाको पिच फास्ट बलरका लागि निकै सहयोगी हुन्छ ।
त्यसकारण गुलशन सँगै दुर्गेश गुप्ता र आकाश चन्दको बलिङले नेपालको जितको आधार तय गर्ने छ । दीपेश काडेलको स्पिन न्यूजिल्यान्डका ब्याटरका लागि चुनौतीपूर्ण हुन सक्छ । ब्याटिङमा राम्रो सुरुवात, मध्यक्रममा साझेदारी र उत्कृष्ट फिनिससहित बलरहरूको अनुशासित बलिङले पक्कै पनि नेपालले न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई निरन्तरता दिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा