
काठमाडौँ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक अश्विनी कोइरालालाई र पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
सम्मान र पुरस्कार अर्पण समारोह आगामी माघको अन्त्यतिर काठमाडौँमा आयोजना गरिने छ । प्रतिष्ठानले विगत १५ वर्षदेखि निरन्तर रूपमा साहित्य, सङ्गीत, ललितकला र पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई राष्ट्रिय कलाश्री सम्मान र पुरस्कारले सम्मानित गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने