
काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ ।
युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए । यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे ।
यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने