
मोरङ । विराटनगर महानगरपालिका –१८भेडियारीस्थित विराट राजाको दरबार सरसफाइ र रङरोगन गरिएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई दरबार क्षेत्रमा आकर्षित गराउन महानगरपालिकाले सुन्दर र सफा बनाउन अभियान नै सञ्चालन गरेको हो । त्यो अभियानमा महागनरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न वडाका अध्यक्ष, जनप्रनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै विभिन्न सङ्घ संस्थाका र राजनीतिक दलहका प्रतिनिधिको सहभागिता थियो ।
महानगरप्रमुख कोइरालाले नगरलाई हाम्रो र राम्रो बनाउने उद्देश्यले सरसफाइ तथा सुन्दर बनाउन लागिएको जानकारी दिनुभयो । उहाँले दरबार क्षेत्रकोे संरक्षणका लागि स्थानीयवासीकोे सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
महानर उपप्रमुख कार्की र वडा नं १८ का वडाअध्यक्ष जीतेन्द्र साहले दरबार क्षेत्रको ठूलो महत्व रहेकोले यस क्षेत्रको वृहत्तर विकासका लागि थप बजेट सङ्घीय सरकारले उपलव्ध गराउनुपर्नेमा जोड दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने