
काठमाडौँ । प्रहरी प्रशासको सक्रियताको बाबजुत सुन तस्करी नियन्त्रण हुन सकिरहेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ परेका छन् ।
काठमाडौँ विमानस्थलबाट बिहीबार १४ किलो सुनसहित गोखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसको भोलि पल्टै शुक्रबार प्रहरीले २ किलो सुनसहित काठमाडौँको नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको थियो । त्यसको २४ घण्टा नपुन्दै भन्सार कार्यालयले शनिबार राति ६ किलो ५ सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका लसिमलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । पाउडर बनाएर ल्याएको साढे ६ किलो सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभएको छ ।
भन्सार कार्यालयका प्रमुख पाण्डेका त्यही सुन प्रकरणमा अन्य २ जना विदेशी नागरिक समेत पक्राउ परेका छन् । तर तिनीहरुको विवरण खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने