
नेपालकैरन
काठमाडौँ ।
बझाङका भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति एवं बझाङ जिल्लाबाट प्रत्यक्ष निर्बाचित सांसद भानुभक्त जोशीको नेत्रृत्वमा सर्वदलीय प्रतिनिधिमण्डलले बुधबार बेलुकी प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
बझाङमा गत मंगलबार दुई पटक भूकम्प गएको थियो। त्यस पछि पनि दर्जनौं पटक परकम्पनहरु भईरहेका छन् । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । भूकम्पकै कारण धेरै घर तथा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको छ ।
भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गाथली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा घरहरू क्षति भएको छ । २१ सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौं निजी घरमा क्षति पुगेकोले राहत उपलब्ध गराउन माग गरिएको सभापति जोशीले नेपालकैरनलाई बताउनु भएको छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमा आफू पनि निरीक्षण गर्न जाने र सरकारले प्रभावित परिवालाई तत्कालै राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको सभापति जोशीले जाकारी दिनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने