
पाँचथर । फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विर्तामोड युनाइटेड फुटबल क्लब झापा र डाँगीहाट फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।
फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि सशक्त दाबेदार मानिएका दुवै टोली नयाँ मैदानको अनुभवसहित उपाधि यात्राका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । झापा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई पराजीत गर्दै तथा मोरङ आयोजक पाँचथर फुटबल क्लबलाई पराजीत गर्दै फाइनलमा पुगेका हुन् ।
विर्तामोडसँग योगेश गुरुङ, रोमन भुजेल, प्रदीप बुढाथोकी, श्याम मुर्मु, सुमन मगर, विशाल दर्जीजस्ता अनुभवी र तेज खेलाडी छन् । यता मोरङबाट मानबहादुर परियार, अरुण लिम्बू, योगेश कार्की, योगेश राई, सञ्जय धिमाल, सोन याक्खा, अभिशेक लिम्बूजस्ता परिपक्व खेलाडी मैदानमा उत्रँदैछन् । दुवै टोलीका खेलाडी विगतदेखि नै फिदिमको मैदान र दर्शकसँग परिचित भएकाले दुवैलाई फाइनल उति कठिन छैन ।
यही मङ्सिर १६ गतेदेखि सुरु भएको प्रतियोगिताको आज फाइनल खेल हुन लागेको हो । प्रतियोगितामा भारत दार्जिलिङको एक, काठमाडौँको एक र कोशी प्रदेशका छ वटा गरी आठ फुटबल टोलीको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ रकम तथा उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ रकम प्राप्त गर्नेछन् । यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई समेत पुरस्कृत गर्न लागिएको आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने