
काठमाडौँ । गायिका ज्योति मगर नाच्दा स्टेजमा नै भ्वाङ परेको छ । इलामको माइ नगरपालिका आयोजित सिमसार महोत्सवमा ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको हो ।
माइ नगरपालिका १ मा बिहीबारदेखि शुरु भएको सिमसार महोत्सवमा ज्योति मगर स्टेजमा उफ्रिँदै नाच्दै गाउँदै थिइन् । त्यही बेला स्टेजमा भासिएर ज्योति मगरको खुट्टा भ्वाङमा छिरेको भिडियो यतिखेर सामाजिक संजालमा भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर स्टेजमा लडेको र त्यहाँ धुलो समेत उडेको देखिन्छ । महोत्सव पुस १७ देखि २० गतेसम्म आयोजना भएको हो ।
महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले आफ्नो प्रस्तुति दिएको जनाइएको छ । स्टेजमा भ्वाङ परेर खुट्टा छिरेपछि ज्योतिलाई सुरक्षाकर्मीले उठाएको भिडियोमा देखिन्छ । सामाजिक सञ्जालमा राखिएको त्यो भिभियोप्रति विभिन्न खालका टिकाटिप्पणी समेत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा