
काठमाडौँ । राष्ट्रियसभामा सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले ३ सिटको अडान लिएको छ ।
सत्ता गठबन्धन टिकाउन निर्णयक भूमिका खेल्दै आएको एकीकृत समाजवादी यसअघिसम्म राष्ट्रियसभामा ४ सिट दाबी गर्ने योजना बनाएको थियो । तर गठबन्धनमा अन्य दललाई पनि भाग पुर्याउनुपर्ने बाध्यता महशुस गर्दै ३ सिटमा झरेर त्यसमा अडान दिएको हो ।
एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा भागबण्डा दाबी गर्ने र प्राप्त भागमा पार्टीभित्रबाट उम्मेदवार तोक्ने लगायतका सबै निर्णय गर्ने अधिकार अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाललाई दिएको छ । राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । तर गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बढी दाबी गरेपछि अन्य दललाई समस्या परेको छ ।
राष्ट्रियसभामा कांग्रेस १० र माओवादी केन्द्रले ६ दाबी गरेको छ । यसअघि ४ सिट दाबी गरेको एकीकृत समाजवादीले ३ सिटमा चित्त बुझाउन तयार भएपछि कांग्रेसले ९ र माओवादी केन्द्रले ४ सिट भन्दा बढी दिन नहुने गठबन्धनका अन्य दलको सुझाव रहेको बैठकमा सहभागी नेताहरुको भनाई छ । एकीकृत समाजवादीले ३ सिटबाट पनि घट्नु परे, आफूहरुले थप एउटा मन्त्री पाउनुपर्ने अडान समेत लिएको महासचिव घनश्याम भूसालले बताउनुभयो । ‘हिजो पनि हामीले त्यही भनेका हौं, आज पनि ३ सिट बटमलाइन हो भनेर उठेको छौं’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा