
काठमाडौँ। राष्ट्रियसभा निर्वाचनको अधिकृत फेरिएका छन् । राष्ट्रियसभाको माघ ११ गते हुने चुनावको लागि निर्वाचन आयोगले यसअघि तोकिएका अधिकृतहरू फेरिएका हुन् ।
आयोगले सम्बन्धित जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो । यसअघि तोकिएका निर्वाचन अधिकृतहरु मध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्तमा परेको र एक जना अस्वथ्य भएपछि परिवर्तन गर्नु परेको आयोगले जनाएको छ ।
आयोगले यसअघि जगेडामा रहेका जिल्ला न्यायाधीश कोशी प्रदेशका लागि विष्णुप्रसाद गौतम, मधेस प्रदेशका लागि चित्रबहादुर गुरुङ, बागमतीका लागि श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशका लागि ऋषिराम आचार्य, लुम्बिनी प्रदेशका लागि कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि विष्णुप्रसाद अवस्थीलाई अधिकृत तोकेको छ ।
आयोगले पुस १२ गते निर्वाचन अधिकृत तोकेका जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्गेल, मधेसका लागि नारायणप्रसाद सुवेदी, गण्डकीका लागि केशवप्रसाद बाँस्तोला, लुम्बिनीका लागि कृपासुर कार्की, कर्णालीका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिमका लागि ओमप्रसाद अर्याल उच्च अदालतको लागि सिफारिसमा पर्नुभएको छ । उहाँहरु न्याय परिषद्को पुस १८ को निर्णयबाट उच्च अदालतको लागि सिफारिस हुनुभएको हो ।
बागमती प्रदेशका तोकिएका निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले स्वास्थ्य समस्याका कारण काम गर्न असमर्थ भएको भनी निवेदन दिनुभएकाले उहाँको स्थानमा अर्का न्यायाशीध नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा