
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे विमानस्थलबाट करिब १४ किलो सुन बरामद गर्यो । १४ किलो सुन बोकेका व्यक्ति कसरी त्यति निष्फिक्री विमानस्थल भित्र हिँडिरहेका छन् ? ठुलो शक्तिको आड भरोसा वा सेटिङ विना करिब १४ करोड रुपैयाँ बराबरको सुन लिएर हिँड्ने जोखिम उठाउँछ ?
पक्राउ परेका चन्द्र घले सुनका ७ वटा बिस्कुट आकारका चक्की बोकेर सामान्य ढंगले हिडिरहेको भिडियो देखेपछि धेरैले सामाजिक संजालमा प्रश्न गरेका छन् ।
कतिपयले विमानस्थलभित्र सेटिङविना कसैले किन त्यत्रो परिमाणको सुन ल्याउने जोखिम उठाउन सक्छ भनेर शंका पनि गरेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तै प्रश्नको सामना गर्नुपर्यो । तर, उनले आरोपीलाई विमानभित्रै समातेर विमानस्थलको ‘वाक थ्रु गेट’मा ल्याएकाले र सार्वजनिक भएको भिडियो पक्राउ परिसके पछि खिचिएकाले उनि सामान्य अबस्थामा देखिएको हुन सक्ने उहाँको तर्क छ ।
सुन प्रकरणको अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार, पक्राउ परेका घलेलाई यूएईबाट ल्याएको सुन अध्यागमन सुरक्षा चेकजाँच कक्षमा पुग्नु अगावै फोहोर फाल्ने डस्बिनमा राख्न भनिएको रहेछ, त्यहाँबाट छुट्टै टोलीले फोहोरका रुपमा बाहिर निकाल्ने तयारी रहेछ, ।
यसरी पहिले पनि थुप्रै पटक सुन कटाइएको हुनसक्छ’, अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार यहि शैलीमा विगतमा पनि सुन तस्करी भएको हुनसक्छ । भन्सार कार्यलयलाई समयमै सुराकी नआएको भए अहिले पनि सुन सहजै कट्ने रहेछ ।
विमानस्थलबाट ‘सुन कटाउनलाई छुट्टै टोली तयार रहेकाले उनी निश्चिन्त भएर आएका रहेछन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘तर, यसपालि यिनै व्यक्तिले सुन ल्याउँदैछन् भन्ने प्रष्ट सूचना थियो ।’‘
उनीसँग सुन छ भन्ने यकिन भएपछि विमानभित्रै नियन्त्रणमा लिएर एक्सरेमा ल्याएका थियौं’, विमानस्थल भन्सार प्रमुख पाण्डेले भन्नुभयो, ‘त्यसक्रममा उनले छातीको दायाँ बायाँ लगाएको ज्याकेटभित्रका खल्तीमा दुई/दुई किलोको ७ वटा सुनको बिस्कुट फेला पर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने