
काठमाडौँ । सरकारले लेखा समूहका एकैपटक ५ सय ८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार लेखा समूहका ५ सय ८ जना कर्मचारीको एकैपटक सरुवा गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयले ३४ जना उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक) १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ जना नायब सुब्बा (लेखापाल)को सरुवा गरेको हो । महालेखाले कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालय यसअघि गएको वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको थियो । महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । लेखा अन्तरगत करिब ४ हजार कर्मचारी कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने