
काठमाडौँ । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका कारण कोरिया सरकारले कोरियामा नेपालीको रोजगारीको निरन्तरताका बारेमा चिन्ता व्यक्त गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीसँग आज (मङ्गलवार) भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्क टी योङले रोजगारीका लागि नेपाललाई कोरियाले प्राथमिकतामा राख्दा राख्दै यहाँको अवस्था संवेदनशील बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
कोरियाले जनशक्तिको स्रोत देशमध्ये नेपाललाई बढी प्राथमिकतामा राखेको र यहाँबाट बढी कामदार लैजाने प्रयास गर्दागर्दै उल्टै आन्दोलन हुँदा आफूहरू चिन्तित रहेको राजदूत योङलाई उद्रित गर्दै मन्त्रालय स्रोतले बताएको छ । अरू देशबाट कम सङ्ख्यामा कामदार कोरिया जाँदा गएको वर्ष नेपालबाट २१ हजारलाई लगेको स्मरण गराउँदै राजदूत योङले नेपाललाई प्राथमिकतामा राखेको विषय नेपाली युवाले बुझ्नुपर्ने बताउनुभएको थियो । तर नेपालीले कोरियामा पुगेर पनि आन्दोलन गर्ने र यहाँ पनि मान्छेको ज्यानै जाने गरी आन्दोलन हुनु गम्भीर विषय भएको भन्दै नेपाल–कोरिया सम्बन्धमा खलल आउन नदिन सचेत बन्नुपर्ने धारणा राजदूत योङले मन्त्रालयका अधिकारी समक्ष राख्नुभएको थियो ।
बैठकमा सचिव केवल भण्डारीले नेपालले कोरियाको रोजगारी गुमाउन नचाहेको भन्दै भाषा परीक्षामा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभएको थियो । नेपालबाट कोरिया जान चाहने युवा निकै धेरै भएकाले अहिले खुलाएका बाहेक अरू क्षेत्रमा पनि रोजगारी खुला गर्न मन्त्रालयले आग्रह गरेको छ ।
सिप बिल्डिङमा फारम भरेका युवालाई अरू क्षेत्रमा पनि फारम भर्न दिन उच्च अदालतले आदेश दिएकाले यसमा सहजीकरण गरिदिन पनि मन्त्रालयले कोरियासँग आग्रह गरेको छ ।
जवाफमा राजदूत योङले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाको प्राविधिक समितिको बैठकले टुङ्ग्याउने बताउनुभएको मन्त्रालयले जनाएको छ । सिप बिल्डिङमा भाषा परीक्षा दिएकाहरूले उत्पादनमुलक क्षेत्रको भाषा परीक्षामा आवेदन दिन नपाएपछि विवाद हुँदा गएको शुक्रवार दुई जना युवाको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा